जुम्ला । जबरजस्तीकरणीको आरोपमा जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाले वडाध्यक्ष दत्तबहादुर बुढालाई बुधबार पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार एक महिलाले बुढाविरुद्ध पटक–पटक धम्क्याउँदै जबरजस्तीकरणी गरेको आरोप लगाएकी छन्।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।