बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सात अर्ब ३० करोड रुपैंयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

सोमबार, बैशाख २१ २०८३

काठमाडौ । नेपाल राष्ट्र बैंकले सात अर्ब ३० करोड रुपैंयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले सोमबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि लगानीको अवधि मे ११, २०२६ देखि मे ११, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि पाँच अर्ब ८४ करोड, बिकास बैकहरुको लागि एक अर्ब नौं करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि ३६ करोड ५० लाख लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको छ ।