बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एआईजी पौडेल सशस्त्र प्रहरीका आईजीपीमा बढुवा, दर्ज्यानी चिह्न ग्रहण

सोमबार, बैशाख २१ २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल का नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन्।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो। १८ वैशाखबाट पूर्व आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका हुन्।