बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

आइतबार, बैशाख २० २०८३

हुम्ला । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

शनिबार प्रहरीले रोकायाको घरमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सिमकोटका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार घर तलासीका क्रममा एक थान भरुवा बन्दुक, फलामका रडबाट बनाइएका १२ थान गोली र करिब ११० ग्राम बारुद बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।