शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कानुन कार्यान्वयनमा विभेद अस्वीकार्यः गगन थापा

बिहिबार, बैशाख १७ २०८३

मलङ्गवा (सर्लाही) । गगनकुमार थापाले कानुन सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन् ।

सर्लाही क्षेत्र नं. ४ अन्तर्गत धनकौलबजारमा आयोजित कार्यक्रममा उनले नागरिक मात्र होइन, सरकारले पनि कानुनको पालना गर्नुपर्ने धारणा राखे ।

थापाले सर्लाहीका स्थानीय प्रशासनलाई लक्षित गर्दै कानुन कार्यान्वयनमा कुनै किसिमको विभेद नगर्न आग्रह गरे। उनले पार्टी वा व्यक्ति हेरेर कानुन लागू हुने वा नहुने प्रवृत्ति पार्टीलाई असह्य हुने स्पष्ट पारे ।

उनले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्य वस्तु किनमेलमा लगाइएको सीमाबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरे ।

थापाले आफू सर्लाही क्षेत्र नं. ४ का २३ हजार जनताको प्रतिनिधि भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।