बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कुमारी बैंक लिमिटेड : अब्बल नेतृत्व तथा व्यवस्थापनको सवल वित्तीय परिणाम, खुद मुनाफामा उछाल

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । बैंकको व्यवस्थापन प्रमुख तथा नेतृत्व अब्बल भएको खण्डमा बैंकले कसरी सफलता हाँसिल गर्छ त्यसको बलियो उदाहरण बनेको छ, कुमारी बैंक । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले कुमारी बैंकको सञ्चालन तथा व्यवस्थापन पक्षको अब्वल नेतृत्वलाई उत्कृष्ट वित्तीय परिणामले प्रमाणित गरेको छ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब १७ करोड ८० लाख ४८ हजार चार सय नौं रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २८ करोड ५८ लाख २३ हजार ६४ रुपैंयाँ मात्र रहेको छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार तीन सय ४० रुपैंयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासमा तीन खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख ६६ हजार नौं सय १२ रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब ७३ अर्ब २१ करोड २६ लाख ९२ हजार आठ सय १३ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा नौं अर्ब ३० करोड २२ लाख २२ हजार दुई सय ९६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा छ दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ।

गत आवको सोही अवधिमा भने बैंकले तीन खर्ब ६४ अर्ब तीन करोड ९१ लाख ६१ हजार पाँच सय १४ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ६० अर्ब ३२ करोड २३ लाख ९८ हजार तीन सय १९ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब ८९ करोड ६५ लाख ५० हजार एक सय ५९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा छ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।

बैंकको पछिल्लो यो वित्तीय विवरण अनुसार नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आएको कुमारीले पछिल्ला वर्षहरूमा अझ सशक्त र प्रतिस्पर्धी संस्थाको रूपमा स्थापित भएको छ । स्थापनादेखि हालसम्मको यात्रामा बैंकले संस्थागत विस्तार, वित्तीय सुदृढता र ग्राहक सेवामा निरन्तर सुधार गर्दै उल्लेखनीय प्रगति हासिल गरेको देखिन्छ।

बिसं २०५७ साल चैत्र २१ गतेबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको बैंकले वित्तीय कारोबार सञ्चालनको २५ औं बर्षसम्म आईपुग्दा  आफ्नो सञ्जाल विस्तार गर्दै देशभर व्यापक उपस्थिति बनाएको छ । हाल बैंकका कुल दुई सय ८६ वटा शाखा, ४१ वटा एक्सटेन्सन काउन्टर र ४८ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । यसबाट बैंकले दुर्गम तथा ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको स्पष्ट हुन्छ।

ग्राहक सेवाको दायरालाई व्यापक बनाउँदै बैंकले हाल ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । यसले बैंकप्रति जनविश्वास बढ्दै गएको संकेत गर्दछ । त्यस्तै, करिब तीन हजार १२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै बैंकले आर्थिक गतिविधिमा समेत योगदान पु¥याएको छ।

बैंकको विकास यात्रामा मर्जर तथा एक्विजिसन रणनीति महत्वपूर्ण रहँदै आएको छ । बिसं २०७४ असारमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेबिहार विकास बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको थियो । त्यसैगरी बिसं २०७७ असार २८ गते राष्ट्रियस्तरको देव विकास बैंकलाई मर्ज गर्दै आफ्नो आकार र क्षमता अझ विस्तार गरेको थियो । पछिल्लो समय नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लाई समेत मर्ज गर्दै कुमारीले आफूलाई ठूला वाणिज्य बैंकहरू मध्ये एकका रूपमा स्थापित गरेको छ।

बैंकको नेतृत्व पक्ष पनि यसको सफलतामा महत्वपूर्ण कारक बनेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको आगमनपछि बैंकले वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ । उनको नेतृत्वमा बैंक नाफामुखी हुँदै वित्तीय रूपमा अझ सुदृढ बनेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र रणनीतिक योजनामा गरिएको सुधारले बैंकलाई दिगो विकासको बाटोमा अघि बढाएको छ।

त्यसैगरी, सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जवरा को मार्गदर्शनमा बैंकले दीर्घकालीन रणनीति र नीतिगत स्थायित्व हासिल गरेको छ । नेतृत्व तहको समन्वय र स्पष्ट दृष्टिकोणले बैंकलाई प्रतिस्पर्धी बजारमा अग्रणी स्थानमा पु¥याउन सहयोग पु¥याएको छ । समग्रमा, बैंकले प्रभावकारी नेतृत्व, रणनीतिक मर्जर, सेवा विस्तार र ग्राहक केन्द्रित दृष्टिकोणमार्फत उल्लेखनीय सफलता हासिल गरेको छ । आगामी दिनमा पनि नवप्रवर्तन, डिजिटल बैंकिङ र समावेशी वित्तीय सेवामा जोड दिँदै बैंकले अझ ठूलो उचाइ हासिल गर्ने अपेक्षा गर्न सकिन्छ । कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ।