शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक, कस्ले पाए के जिम्मेवारी ?

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश समितिका इन्चार्ज र संयोजकहरूको जिम्मेवारी टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सात भौगोलिक प्रदेश तथा दुई गैरभौगोलिक प्रदेशका लागि इन्चार्ज र संयोजक चयन गरेको हो ।

पार्टीले कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेश प्रदेशमा महिन्द्र राय यादव, बागमती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा श्रीनाथ बराल, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा चन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा डा. भीम रावललाई जिम्मेवारी दिएको छ ।

त्यस्तै उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य र सम्पर्क समन्वय प्रदेश इन्चार्जमा यशोदा सुवेदी गुरुङलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश संयोजकतर्फ कोशी प्रदेशमा हर्क नेम्वाङ, मधेश प्रदेशमा राजु खड्का, बागमती प्रदेशमा सरल सहयात्री पौडेल, गण्डकी प्रदेशमा गायत्री गुरुङ, लुम्बिनी प्रदेशमा अब्दुल हुसेन खान, कर्णाली प्रदेशमा बिमला केसी तथा सुदूरपश्चिम प्रदेशमा हरिराम चौधरी चयन भएका छन् ।

यस्तै उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन् ।

प्रदेश इन्चार्जहरू

  • कोशी : राजेन्द्र राई
  • मधेश : महिन्द्र राय यादव
  • बागमती : डा. गंगालाल तुलाधर
  • गण्डकी : श्रीनाथ बराल
  • लुम्बिनी : चक्रपाणि खनाल
  • कर्णाली : चन्द्रबहादुर शाही
  • सुदूरपश्चिम : डा. भीम रावल
  • उपत्यका विशेष : हितमान शाक्य
  • सम्पर्क समन्वय : यशोदा सुवेदी गुरुङ

प्रदेश संयोजकहरू

  • कोशी : हर्क नेम्वाङ
  • मधेश : राजु खड्का
  • बागमती : सरल सहयात्री पौडेल
  • गण्डकी : गायत्री गुरुङ
  • लुम्बिनी : अब्दुल हुसेन खान
  • कर्णाली : बिमला केसी
  • सुदूरपश्चिम : हरिराम चौधरी
  • उपत्यका विशेष : विष्णु लामिछाने
  • सम्पर्क समन्वय : तारानाथ दाहाल