शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसले प्रदेश मुख्यमन्त्रीसँग छलफल गर्दै, मन्त्रालय घटाउने विषयमा चर्चा

आइतबार, बैशाख ६ २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्ना मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएको छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा छलफल सुरु हुने जनाइएको छ । छलफलमा सातै प्रदेशका पार्टी सभापति र प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् ।

बैठकमा प्रदेश सरकारहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, मन्त्रालय संख्या घटाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले हाल मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।