बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

बिहिबार, बैशाख ३ २०८३

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।