काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक भोलिका लागि बोलाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १२:१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। भोलि नै संसदीय समितिका सभापतिमा मनोनयन दर्ता गर्ने कार्यसूची रहेकाले बैठक त्यसैमा केन्द्रित रहने बताइएको छ।