काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल कार्यक्रम आज मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।
कार्यक्रममा सहभागी सांसदहरूले आफ्नो-आफ्नो ‘क्लस्टर’ अन्तर्गतका समस्या, चुनौती तथा सम्भावित समाधानबारे धारणा राख्नेछन्। अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गर्दै नीति निर्माण र कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको जनाइएको छ।