काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।
कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि विकसित परिस्थितिबारे छलफल गर्न समिति बैठक बोलाइएको बताइएको छ।
आजै दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्ने तय भएको छ, जुन पूर्वनिर्धारित कार्यक्रम हो। अनुशासन समितिको बैठक भने त्यसअघि राखिएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरिसकेको भए पनि खड्का पक्षले समानान्तर गतिविधि गरिरहेको आरोप छ। यही विषयमा अनुशासन समितिको बैठकमा छलफल हुने स्रोतले जनाएको छ।