काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बुधबार दिउँसो २ बजे बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ। सूचनाअनुसार बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।
यसैगरी, बैठकले संसदीय दलको नेताबारे समेत महत्वपूर्ण निर्णय लिन सक्ने बताइएको छ।