बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रीहरूको सम्पत्तिमा पारदर्शिता अभाव : राप्रपा प्रवक्ता श्रेष्ठ

सोमबार, चैत्र ३० २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा पारदर्शिता अभाव रहेको टिप्पणी गरेका छन्।

श्रेष्ठले सार्वजनिक गरिएको विवरणअनुसार केही मन्त्रीहरूको सम्पत्तिमा नगद, गरगहना, घरजग्गा, सेयर तथा अन्य लगानी उल्लेख्य मात्रामा देखिएको र त्यो नेपालीहरूको औसत आम्दानीभन्दा धेरै माथि रहेको बताएका छन्।

उनले केही मन्त्रीहरूको हदबन्दीभन्दा बढी जग्गा स्वघोषणा गरिएको उल्लेख गर्दै त्यसले राज्यको कानुन आकर्षित गर्ने अवस्था देखिएको बताए। “मन्त्रीहरू आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले नै कानुनी प्रश्न उठाएको छ,” उनले बताएका छन्।

श्रेष्ठले धन कमाउन र धनी बन्न पाइने भए पनि त्यसको स्रोत र कर तिरेको विवरणसमेत सार्वजनिक हुनुपर्नेमा जोड दिएका छन्। उनले मन्त्रीहरूलाई आफ्नो आम्दानी र कर तिरेको स्पष्ट विवरण सार्वजनिक गर्न सुझाव दिएका छन्।