पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरूविरुद्ध अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन्।
फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीका आधारमा उनीमाथि कारबाही अघि बढाइएको हो। पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।