काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएका छन्।
परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत भ्रमणको निमन्त्रणा पठाएका थिए।
हाल मौरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेको जानकारी दिएका छन्। उनले भ्रमणलाई परिणाममुखी बनाउन दुवै देशबीच गृहकार्य भइरहेको पनि बताए।
‘प्रधानमन्त्रीले निम्तो स्वीकार गर्नुभएको छ,’ मन्त्री खनालले भने, ‘दुवैतर्फबाट प्राविधिक र राजनीतिक तहमा तयारी पूरा भएपछि मात्र भ्रमण हुनेछ, ताकि यसले ठोस नतिजा दिन सकोस्।’
उनका अनुसार द्विपक्षीय संयन्त्रमार्फत छलफल गरी उपयुक्त समयमा भ्रमणको मिति तय गरिनेछ।