बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

महानिर्देशकविरुद्ध औषधि मूल्यवृद्धि प्रकरणमा छानबिन समिति गठन

शनिबार, चैत्र २८ २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनविपरीत औषधिको मूल्य वृद्धि गरेको वा नगरेको विषयमा छानबिन गर्न समिति गठन गरेको जनाएको छ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय को चैत २६ गतेको पत्रका आधारमा उजुरी प्राप्त भएको जानकारी दिँदै सोही विषयमा अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरिएको जनाएको छ।

गठित समितिमा अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु सदस्य रहेका छन्।

मन्त्रालयले उक्त समितिलाई सम्बन्धित विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।