काठमाडौं । नेप्सेमा पुन हरियाली देखिएको छ । अघिल्लो दिन ४५ दशमलव १२ अंकले बढेको नेप्से आज बिहिबार पनि ४८ दशमलव ७१ अंकले बढेर २८ सय ५१ दशमलव ५४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले बढेर चार सय ८१ दशमलव ५३ अंकमा चढेको छ । तीन सय ३८ वटा कम्पनीहरुको एक लाख आठ हजार आठ सय ६९ पटकको कारोबारमा दुई करोड ७९ लाख ३१ हजार सात सय ७० कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम नौं अर्ब ९१ करोड ९२ लाख १० हजार दुई सय ११ रुपैैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव २७ अंकले बढेर १४ सय ८६ दशमलव ९९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय पाँच दशमलव ५१ अंकले बढेर चार हजार १२ दशमलव ६८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २७ दशमलव ५४ अंकले बढेर १२ हजार नौं सय ९३ दशमलव ३६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव ९५ अंकले बढेर ११ हजार दुई सय ४७ दशमलव ६९ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा एनआईसी एशिया ब्यालेन्स फण्डले सबैभन्दा बढी गुमाएको छ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।