काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रनजिक छुरा प्रहारबाट गम्भीर घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु भएको छ।
बिएण्डबी अस्पतालमा उपचाररत झापाको कमल गाउँपालिका–६ का सुमित नेम्बाङ र सृजन नेम्बाङको आज बिहान निधन भएको ललितपुर जिल्ला प्रहरी परिसर ले जनाएको छ।
प्रहरीका अनुसार दाजुभाइ रहेका नेम्बाङद्वयमाथि बुधबार अपराह्न पाटन क्षेत्रमा छुरा प्रहार गरिएको थियो।
घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।