काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर को टोलीले काठमाडौँ महानगरपालिका–९, पिङ्गलास्थानबाट गए राति गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका भारतीय नागरिकहरूमध्ये करिब एक किलो लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ। ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी का अनुसार, “विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको हो। त्यस क्रममा विहार, मधुवनी जिल्ला घर भएका अनुमानित ३०–३५ वर्षका अनिलकुमार पासवान गोली लागेर घाइते भएका छन्।”
पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।