मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्लेटोको चेतना–सिद्धान्त र नेपालको नयाँ जनमत: परिवर्तनको मनोविज्ञान

मंगलबार, चैत्र २४ २०८२

नेपाल आज परिवर्तनको एक महत्वपूर्ण मोडमा उभिएको छ। नयाँ जनमत, नयाँ अनुहार, नयाँ जोश र आशा–भरोसाले भरिएको राजनीतिक परिवेश निर्माण भइरहेको छ। तर यस परिवर्तनको गहिरो मनोवैज्ञानिक आधार के हो? यस प्रश्नको उत्तर खोज्दा प्राचीन दार्शनिक Socrates, Plato र Aristotle को दर्शन अझै पनि उत्तिकै सान्दर्भिक देखिन्छ।

विशेषगरी प्लेटोले प्रस्तुत गरेको चेतनाको चार तह—अनुमान (Imagination), विश्वास (trust,Belief ), कारण (Reason) र सुझबुझ (Understanding)—आजको नेपाली समाज, राजनीति र जनमतलाई बुझ्न अत्यन्त उपयोगी ढाँचा हो। प्लेटोको “Allegory of the Cave” (गुफाको दृष्टान्त) ले देखाउँछ कि मानिस प्रारम्भमा छायाँलाई नै वास्तविकता ठान्छ, तर क्रमशः ज्ञान र चेतनाको विकास हुँदै जाँदा सत्यको नजिक पुग्छ।

अनुमान (Imagination): भ्रम र प्रभावको राजनीति

नेपालमा लामो समयसम्म जनमत अनुमान र भावनामा आधारित रह्यो। सामाजिक सञ्जाल, अफवाह, अधूरा सूचना र राजनीतिक प्रचारले जनताको सोचलाई प्रभाव पार्दै आयो। धेरै नागरिकले वास्तविकता भन्दा “देखिएको” कुरालाई सत्य माने।

विगतका केही “स्कुलिङ” (conditioning) ले जनतामा यस्तो मानसिकता बनायो— “नयाँ व्यक्ति भरोसायोग्य हुँदैन”, “अनुभव नभएकाले देश चलाउन सक्दैन”।

यसले जनताको चेतनालाई पहिलो तहमा नै सीमित राख्यो। परिणामतः परिवर्तनप्रति डर र अविश्वास पैदा भयो।
विश्वास (Belief): परम्परागत संरचनाको प्रभाव
दोस्रो तहमा मानिस अनुमानबाट विश्वासतर्फ जान्छ। नेपालमा यो विश्वास प्रायः पुराना राजनीतिक दल, स्थापित नेतृत्व र परम्परागत सोचमा आधारित रह्यो। जनताले “यिनै अनुभवी हुन्”, “यिनैले देश चलाउन सक्छन्” भन्ने धारणा बनायो। तर यो विश्वास सधैं तथ्यमा आधारित थिएन—यो विगतको प्रभाव र बानीको निरन्तरता थियो।

यस तहमा समस्या के देखियो भने नयाँ विचारलाई अस्वीकार गर्ने प्रवृत्ति। पुरानो प्रणालीप्रति अन्धविश्वास। परिवर्तनलाई जोखिमको रूपमा हेर्ने दृष्टिकोण। कारण (Reason): प्रश्न गर्ने र विश्लेषण गर्ने चेतना

तर समयसँगै नेपालमा चेतनाको तेस्रो तह—“कारण” सक्रिय हुँदै गयो। शिक्षाको विस्तार, सूचना प्रवाह र युवापुस्ताको सक्रियताले जनतालाई प्रश्न गर्न सिकायो। अब जनताले सोध्न थाले— “किन पुरानै अनुहार?” किन विकासको गति सुस्त?” किन भ्रष्टाचार नियन्त्रण हुन सकेन?”यसले नयाँ राजनीतिक शक्तिहरूको उदय गरायो। जनताले तर्क र विश्लेषणका आधारमा निर्णय लिन थाले।

सुझबुझ (Understanding): परिपक्व लोकतन्त्रतर्फको यात्रा

चौथो तह—सुझबुझ—सबैभन्दा उच्च चेतना हो। यहाँ मानिस केवल प्रश्न गर्दैन, समाधान पनि खोज्छ।
नेपाल अहिले यही चरणतर्फ अघि बढ्दैछ। नयाँ जनमतले देखाएको छ कि जनता अब केवल भावनामा होइन, दीर्घकालीन दृष्टिकोणमा आधारित निर्णय लिन चाहन्छ। तर यहाँ चुनौती पनि छ— नयाँ नेतृत्वलाई “अनुभव नभएको” भन्दै अस्वीकार गर्ने पुरानो सोच अझै जीवित छ।
यहीँ प्लेटोको दर्शन सान्दर्भिक हुन्छ—

यदि समाज चौथो तहमा पुग्न चाहन्छ भने उसले नयाँ विचारलाई अवसर दिनैपर्छ।

नेपालको वर्तमान सन्दर्भ: नयाँ सरकार र चेतनाको संघर्ष

नेपालमा अहिले देखिएको राजनीतिक परिवर्तन केवल सरकार परिवर्तन होइन—यो चेतनाको परिवर्तन हो।
नयाँ अनुहारहरूलाई रोक्न पुराना संरचनाले विभिन्न भाष्य निर्माण गरिरहेका छन्—“यी अपरिपक्व छन्।देश चलाउन सक्दैनन्। अनुभव छैन।यो भाष्य वास्तवमा पहिलो र दोस्रो तहको चेतनाबाट आएको हो।तर नयाँ पुस्ता तेस्रो र चौथो तहमा पुग्दैछ। उनीहरू प्रमाण, नीति र पारदर्शिताको आधारमा निर्णय गर्न चाहन्छन्।

वैदेशिक सुशासनका उदाहरण:Singapore ले Lee Kuan Yew को नेतृत्वमा नयाँ सोचलाई स्वीकार गर्‍यो। सीमित स्रोत हुँदाहुँदै पनि पारदर्शिता, कडा कानुन र स्पष्ट दृष्टिकोणले देशलाई विश्वको उत्कृष्ट शासन प्रणालीमध्ये एक बनायो।
New Zealand मा Jacinda Ardern जस्ता नयाँ पुस्ताका नेतृत्वले सहानुभूति, पारदर्शिता र उत्तरदायित्वको उदाहरण प्रस्तुत गरे।
यी उदाहरणहरूले देखाउँछन्

नयाँ नेतृत्वलाई अवसर दिँदा मात्र समाज चौथो तह (Understanding) मा पुग्छ।

अबको बाटो: जागरूक नागरिक र संगठित जनशक्ति

जागरूक नागरिक समूह निर्माण नै सही वाटो हुन्छ भन्ने लीग्छ। जनताले स्वतन्त्र, तथ्यमा आधारित समूह बनाएर जनचेतना फैलाउनु आवश्यक छ।कानुनी मार्गबाट सन्देश प्रवाह गर्नु अव को सही यीत्रा हुने दखिन्छ।

भावनात्मक भाषण होइन, नीतिगत र कानुनी आधारमा परिवर्तन स्थापित गर्नुपर्छ।गलत भाष्यको प्रतिवाद।“अनुभव छैन” भन्ने मात्र आधारमा नयाँ नेतृत्वलाई अस्वीकार गर्नु लोकतन्त्रको कमजोरी हो—यसलाई तथ्य र तर्कबाट चुनौती दिनुपर्छ।

शिक्षा र चेतना विस्तार

प्लेटोको दर्शनले देखाएझैं, समाजको उन्नति चेतनाको स्तरमा निर्भर हुन्छ।

नेपाल अहिले चेतनाको संक्रमणकालमा छ। अनुमान र विश्वासको चरण पार गर्दै कारण र सुझबुझतर्फ अघि बढिरहेको छ।
यदि हामीले प्लेटोको दर्शनलाई व्यवहारमा उतार्न सकेनौं भने परिवर्तन अधुरो रहन्छ। तर यदि जनताले तर्क, प्रमाण र दीर्घकालीन सोचलाई अपनाए भने नेपाल एक परिपक्व लोकतन्त्रतर्फ अग्रसर हुनेछ।

अन्ततः प्रश्न एउटै हो। हामी छायाँमै बसिरहने कि उज्यालोतर्फ अघि बढ्ने?
प्लेटोले भनेझैं, सत्य कठिन हुन्छ, तर त्यही नै मुक्ति हो।

-अरुण राज सुमार्गी
(सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता)
#arunrajsumargi