बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा हरियाली, ८३ अंकले बढ्दा झण्डै १० अर्बको कारोबार

सोमबार, चैत्र २३ २०८२

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन एक सय पाँच दशमलव ५० अंकले घटेको नेप्से आज सोमबार ८३ दशमलव ३३ अंकले बढेर २७ सय ६० दशमलव दुई अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३० अंकले बढेर चार सय ७१ दशमलव ९२ अंकमा पुगेको छ । तीन सय ४५ वटा कम्पनीहरुको एक लाख २४ हजार ९३ पटकको कारोबारमा दुई करोड ५१ लाख ५५ हजार आठ सय ५४ कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख छ हजार आठ सय ६३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दशमलव ७९ अंकले बढेर १४ सय ५१ दशमलव १९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ६६ दशमलव ९१ अंकले बढेर तीन हजार आठ सय एक दशमलव ६५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ३० दशमलव ६३ अंकले बढेर १२ हजार सात सय ५६ दशमलव ६२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १६ दशमलव ८२ अंकले बढेर ११ हजार ६० दशमलव ६४ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा लक्ष्मी बैंकको ऋणपत्र २०८८ ले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।