बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चार ठूला मार्ट कारबाहीको दायरामा

सोमबार, चैत्र २३ २०८२

काठमाडौँ । बजारलाई स्वच्छ र व्यवस्थित बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनलाई तीव्र बनाएको छ। यस क्रममा चार ठूला मार्ट कारबाहीको दायरामा परेका छन्।

आज गरिएको स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले मेट्रो मार्केट प्रालि (इमाडोल), सेलवेज क्यास एण्ड क्यारी प्रालि (महाराजगञ्ज), मेगा मार्ट प्रालि (विशालनगर) र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि (चक्रपथ) लाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

यसैगरी, मुना कृषि लिमिटेडलाई पनि उस्तै प्रकृतिको निर्देशन दिइएको विभागले जनाएको छ। थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।

विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा कालाबजारी नियन्त्रण गर्ने, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने तथा बजारलाई व्यवस्थित बनाउने उद्देश्यले नियमित अनुगमन गर्दै आएको जनाएको छ।