शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुला

शुक्रबार, चैत्र २० २०८२

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्ति भर्नाका लागि आवेदन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले सूचना जारी गर्दै ४०० भन्दा बढी रिक्त पदमा दरखास्त माग गरेको हो।

प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक तथा प्राविधिक प्रहरी जवान पदका लागि आवेदन खुलाएको जनाएको छ।

सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य तथा संगीत विधामा जनशक्ति माग गरिएको छ। यसअन्तर्गत प्राविधिक प्रहरी जवानतर्फ २८० जना र अन्य पदहरूमा १२९ जना भर्ना गरिनेछ।

दरखास्त दिने म्याद प्राविधिक प्रहरी निरीक्षकदेखि सहायक निरीक्षकसम्मका पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ भने प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।