शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मालीगाउँका प्रहरी नायव निरीक्षक २० हजार घुससहित पक्राउ

बुधबार, चैत्र १८ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले प्रहरी वृत्त मालीगाउँ मा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतलाई घुस/रिसवत रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने र मुद्दा मिलापत्र गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरी दु:ख हैरानी दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

सोही क्रममा आयोगको टोलीले काठमाडौँ महानगरपालिका–५ गहनापोखरीबाट राउतलाई सेवाग्राहीसँग रु. २०,००० घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ गर्दा उक्त रकम र एक थान मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।