शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चैते धानको समर्थन मूल्य सिफारिस, मन्त्रिपरिषद्बाट निर्णयपछि सार्वजनिक हुने

मंगलबार, चैत्र १७ २०८२

काठमाडौँ । कृषि विभाग ले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ। विभागले २५ जिल्लामा गरिएको स्थलगत अध्ययनसहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालय मा पठाएको हो।

विभागका महानिर्देशक प्रकाश सञ्जेल ले उत्पादन लागत, बीउ, मल, श्रम, मुद्रास्फीति, बजार मूल्यलगायतका आधारमा विश्लेषण गरी समर्थन मूल्य सिफारिस गरिएको बताए ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोश का अनुसार स्थलगत अध्ययनपछि उत्पादन लागत, ढुवानी खर्च, बजार अवस्था तथा अन्य आधार समेटेर वैज्ञानिक मूल्य प्रस्ताव तयार गरिएको छ। उक्त प्रस्तावका आधारमा सरोकारवालासँग छलफलसमेत भइसकेको र अब मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र समर्थन मूल्य सार्वजनिक गरिने जनाइएको छ। साथै धानको चिस्यान मापदण्डलाई पनि मूल्य निर्धारणमा समावेश गरिनेछ। १८ प्रतिशतसम्म चिस्यान भएको धानमा तोकिएको मूल्य लागू हुने र सोभन्दा बढी चिस्यान भएमा तौल घटाएर मूल्य निर्धारण गरिने मन्त्रालयले जनाएको छ।

सरकारले निर्धारण गरेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद गरिने व्यवस्था छ। गत वर्ष सरकारले प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ समर्थन मूल्य तोकेको थियो।