शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ, बालश्रम शोषणको आरोप

सोमबार, चैत्र १६ २०८२

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट नियन्त्रणमा लिइएको हो।

उहाँलाई उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले पक्राउ गरेको जनाएको छ। शर्मामाथि एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ।

यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनकै घरबाट एक बालिकाको उद्धार गरिएको थियो। सो घटनापछि शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमार्फत पीडितलाई सम्बोधन गर्दै ‘पीडकविरुद्ध मुद्दा नचल्ने बनाइएको’ उल्लेख गर्दै भविष्यमा न्याय हुने आश्वासन दिएका थिए ।

शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता औंल्याउनुभएको थियो। हाल उनी प्रधानमन्त्री बनेपछि उक्त घटनासँग जोडेर शर्मामाथि कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।