बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज नयाँ प्रधानमन्त्री बालेनको शपथ र नयाँ सरकार गठन

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसोका लागि तय गरिएको छ।

शपथअघि शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी गरिएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। सोही दलले बिहीबार मात्रै शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।