बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगाे नियन्त्रणमा

बुधबार, चैत्र ११ २०८२

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमाल का अनुसार आज बिहान लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानअनुसार आगलागी क्याफेको भान्साबाट सुरु भएको बताइएको छ ।

आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय बासिन्दा नियन्त्रणमा खटिएका थिए । आगो निभाउन धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचाबाट दमकल मगाइएको थियो ।

आगलागीको कारण र क्षतिको यकिन विवरण अझै सार्वजनिक भइसकेको छैन । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।