काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले नैतिकताको आधारमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।
परियारले राप्रपाले राजसंस्थाको एजेन्डा लिने तर व्यवहारमा राज आज्ञा पालना नगर्ने तथा दलित समुदायका मुद्दाप्रति संवेदनशील नदेखिएको आरोप लगाएका छन् । समानुपातिकतर्फ प्राप्त चार सिटमध्ये दलित प्रतिनिधित्व सुनिश्चित गर्न सकिने भए पनि पार्टीले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।
उनले पार्टीभित्र राजनीतिक र वैचारिक स्पष्टताको अभाव रहेको पनि टिप्पणी गरेका छन् । राजसंस्थालाई केवल राजनीतिक भ¥याङका रूपमा प्रयोग गरिएको, पुनर्स्थापनाको आन्दोलन कमजोर बनाइएको र पार्टीभित्र निष्ठावान् कार्यकर्तामाथि पक्षपातपूर्ण व्यवहार भएको आरोप उनले लगाएका छन् ।
परियार राप्रपामा केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय निर्देशन समिति सदस्य तथा उत्पीडित दलित संगठनका केन्द्रीय वरिष्ठ नेताको जिम्मेवारीमा रहेर सक्रिय थिए ।