बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अश्लील भिडियो सार्वजनिक गरेको आरोपमा युवक पक्राउ

मंगलबार, चैत्र १० २०८२

काठमाडौं । एक युवतीको नग्न तथा अश्लील भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय अशोक लामा रहेका छन्।

प्रहरीका अनुसार लामाले सामाजिक सञ्जाल मार्फत पीडित युवतीको अश्लील भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियो पछि स्टाग्राममा समेत भाइरल बनेपछि घटना बाहिर आएको हो।

घटनापछि पीडित युवतीले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै गएको ब्युरोको टोलीले आरोपित लामालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले पक्राउ परेका लामामाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। ब्युरोले साेमबार नै काठमाडौं जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।