काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक र नायव निरीक्षकहरु गरी झण्डै एक सय जनाको सरुवा गरेको छ । सुरक्षा बेस कमाण्डरहरुको अदलीबदली मापदण्ड, प्रशासनिक दृष्टिकोण तथा आवश्यकताको आधारमा अर्को आदेश नभएसम्मका लागि ९३ जनाको सरुवा गरिएको बताइएको छ ।
सुरक्षा बेस कमाण्डरको रुपमा नौ जना डिएसपीसँगै १८ जना इन्सपेक्टरको सरुवा भएको छ । डिएसपीलाई ‘क’ वर्गका सुरक्षा बेसमा र इन्सपेक्टरलाई ‘ख’ वर्गको सुरक्षा बेसमा खटाइएको छ ।
सूचनामा सशस्त्रको सुरक्षा बेस बालाजुुमा अर्को आदेश नभएसम्मको लागि नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले बेस कमाण्डरको व्यवस्था गर्नुपर्ने जनाइएको छ । सुरक्षा बेस प्रमुखहरु हाजिर भएपछि बदली हुने सशस्त्र प्रहरी अधिकृतहरुलाई सम्बन्धित दरबन्दीमा रवाना गर्न भनिएको छ ।
प्रशासनिक आवश्यकताअनुसार खटाइएका डिएसपीमा १८ जना र इन्सपेक्टर ३५ जना छन् । सोही प्रयोजनका लागि सईहरु १३ जनाको सरुवा गरिएको छ ।
