बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

राष्ट्रपतिद्वारा केपी शर्मा ओलीलाई समवेदना व्यक्त

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । रामचन्द्र पौडेल ले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रति समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

यस अवसरमा राष्ट्रपतिले अध्यक्ष ओलीका पिताको निधनबाट परिवारमा परेको अपूरणीय क्षतिप्रति गहिरो सहानुभूति समेत व्यक्त गरेका छन्।