शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हुण्डी र क्रिप्टो कारोबारमा संलग्न दुई जना पक्राउ, १ करोड १६ लाखसहित बरामद

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । अवैध हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई प्रहरीले १ करोड १६ लाख रुपैयाँसहित पक्राउ गरेको छ।

नागार्जुन नगरपालिका–८ भिमढुङ्गाबाट पक्राउ पर्नेमा २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न बैंकका विभिन्न व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, २७ लाख ३० हजार रुपैयाँ बराबरका तीनवटा चेक तथा विभिन्न व्यक्तिको नाममा रहेका चार वटा एटिएम कार्ड बरामद गरिएको छ।

त्यस्तै, एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारी साधन, एक दुईपाङ्ग्रे सवारी, सवारी दर्ता किताब तथा विभिन्न कम्पनीका ६ वटा मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, ३१ वटा एनसेल र एनटीसीका सिमकार्ड, एक कम्प्युटर तथा Binance खातामा रहेको ७,१७५.३४ यूएसडीटीसमेत बरामद भएको प्रहरीले जनाएको छ।