शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र वितरण गरिने

मंगलबार, चैत्र ३ २०८२

काठमाडौँ । निर्वाचन आयोग  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उम्मेदवारलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार बुधबार बिहान ११:३० बजे आयोग परिसरमै निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिनेछ।

आयोगले राजनीतिक दलबाट छनोट भई पेश भएका उम्मेदवारको विवरण सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरिसकेको छ। साथै, निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटोसहितको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७, नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट प्राप्त गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रिया पूर्ण रुपमा सम्पन्न हुने जनाएको छ।