बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

२३ अंकले बढ्यो नेप्से, तीन वटा समुहले गुमाउँदा १० वटाले कमाए

बिहिबार, फाल्गुन २८ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ४६ दशमलव ७८ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २३ दशमलव ८७ अंकले बढेर २८ सय २० दशमलव ४४ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य एक अंकले बढेर चार सय ८६ दशमलव ३८ अंकमा चढेको छ । तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ३० हजार १५ पटकको कारोबारमा चार करोड १६ लाख ८६ हजार चार सय पाँच कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार दुई सय ३० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा निर्जीवन बीमा समुहको सुचक चार दशमलव ६५ अंकले घटेर ११ हजार पाँच सय सात दशमलव १६ अंकमा पुगेकोमा होटल तथा पर्यटन र अन्य समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने २९ दशमलव ४२ अंकले बढेर १४ सय ८४ दशमलव ५७ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ७६ दशमलव ३५ अंकले बढेर छ हजार ४० दशमलव १९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव ७२ अंकले बढेर १३ हजार पाँच सय आठ दशमलव ३६ अंकमा पुगेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा सिटिजन्स समुन्नत योजनाले सबैभन्दा बढी गुमाएको छ । नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।