सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार उनले ४१ हजार ३२२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्। गुप्ता चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
त्यसैगरी नेकपा (एमाले)का रामशंकर यादवले सात हजार ८८६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत प्राप्त गरेका छन्।
यस्तै जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले दुई हजार २८५ मत प्राप्त गरेका छन्।