बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धनकुटामा एमालेको अग्रता

शनिबार, फाल्गुन २३ २०८२

धनकुटा । धनकुटा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतसहित अग्रस्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम् प्रतिस्पर्धी, श्रम संस्कृति पार्टीका शानबहादुर राईले ७ हजार ५२६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दिनेश राईले ६ हजार ६७९ मत पाएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।