बझाङ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार महरले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश स्नेही रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपाका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
निर्वाचन आयोगका अनुसार बझाङमा कुल ५७ हजार ९५४ मत खसेको थियो। त्यसमध्ये ५४ हजार ८३३ मत सदर भएको छ भने ३ हजार १६१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बनेपालीले जानकारी दिएका छन्।