लुम्बिनी । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन्।