शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

शनिबार, फाल्गुन २३ २०८२

म्याग्दी। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो।