बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोशी प्रदेशमा मतदानका लागि तयार मतदानस्थल

बुधबार, फाल्गुन २० २०८२

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका सबै मतदानस्थल तयारी अवस्थामा पुगेका छन् ।

प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिनुका साथै मतदान सामग्री सम्बन्धित केन्द्रमा पुर्‍याइएको छ ।

विशेषगरी कोशी प्रदेश अन्तर्गतका सुनसरी जिल्ला र मोरङ जिल्ला मा मतदानस्थलहरूमा अन्तिम तयारी पूरा भएको छ ।

विद्यालय, सामुदायिक भवन तथा वडा कार्यालयहरूमा स्थापना गरिएका मतदान केन्द्रहरूमा कर्मचारीहरू खटिइसकेका छन् ।