काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १९.२७ अंकले बढेर २,६७४ को विन्दुमा कायम भएको छ ।
आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राद्यि विद्युत कम्पनीको सेयर कारोबार भएको छ ।
यस कम्पनीको ३६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् ।
यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यसका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।