काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा बुधबार सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ गएका हुन् । उनीसँग केही सहयोगीहरू पनि सिंगापुर गएका छन्।
पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवा सक्रिय राजनीतिबाट केही समययता टाढा रहँदै आएका छन् ।
यसअघि जेनजी आन्दोलनका क्रममा उनीमाथि कुटपिट भएको थियो। त्यसपश्चात् पनि उनले सिंगापुरमै उपचार गराएका थिए ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पूर्वसभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेका बताएका थिए । तर देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारेको थियो ।