बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

झण्डै तीन अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

सोमबार, फाल्गुन ११ २०८२

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन २७ दशमलव ५९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव ४१ अंकले बढेर २६ सय १६ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले बढेर चार सय ५१ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । आज तीन सय २९ वटा कम्पनीहरुको ५६ हजार तीन सय ४७ पटकको कारोबारमा एक करोड २६ लाख २१ हजार एक सय ८८ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार नौं सय ४६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९१ अंकले बढेर १३ सय ५४ दशमलव ५६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ४० अंकले बढेर १२ हजार पाँच सय १८ दशमलव ४१ अंकमा पुगेको छ ।

बिकास बैंक, फाईनान्स, लगानी र अन्य समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक आठ दशमलव १२ अंकले घटेर ३४ सय २६ दशमकलव ५१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ६० अंकले घटेर १० हजार सात सय ८५ दशमलव ५० अंकमा पुगेको छ । होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा एनआईबिएल समृद्धि फण्ड २ ले सबैभन्दा बढी गुमाएको छ । आखुखोला जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।