बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भोलि प्रजातन्त्र दिवससँगै १०औँ निर्वाचन दिवस पनि मनाइँदै

बुधबार, फाल्गुन ६ २०८२

काठमाडौं । भोलि प्रजातन्त्र दिवससँगै १० औँ निर्वाचन दिवस मनाइँदैछ । मुलुकमा प्रजातन्त्र स्थापना भएको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो ।

नेपालमा आमनिर्वाचन प्रारम्भ भएर बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा निर्वाचन दिवस मनाइँदैछ ।

संवैधानिक अंगका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा गराउँदै आएको छ ।

आयोग यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ ।