शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

धनगढीमा आज रास्वपाको चुनावी सभा, रवि र बालेनले सम्बोधन गर्ने

बुधबार, फाल्गुन ६ २०८२

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ।

रास्वपाले यसअघि जनकपुरमा पहिलो प्रदेशस्तरीय कार्यक्रम सम्पन्न गरेको थियो। सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टका अनुसार चुनावी सभाका लागि लामिछाने हिजै धनगढी पुगिसेका छन् भने शाह आज कार्यक्रममा सहभागी हुन आउँदैछन्। सभा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।

धनगढीको कार्यक्रमपछि पार्टीले फागुन ७ गते सुर्खेतमा पनि चुनावी सभा आयोजना गर्ने तयारी गरेको जनाएको छ।