शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओली

मंगलबार, फाल्गुन ५ २०८२

झापा । केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा झापा–५ का उम्मेदवार, आज आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछन्।

निर्वाचन प्रचारमा व्यस्त रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चोकमा आयोजना हुने कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा ओली विजयी भएपछि झापा–५ क्षेत्रमा सञ्चालन गरिने योजनाहरूको विस्तृत फेहरिस्त समेटिएको छ। साथै, नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, एमाले नेतृत्वका सरकारले गरेका महत्वपूर्ण कामहरूको पृष्ठभूमि तथा सुरु गरिएका तर अपुरा रहेका योजनाहरूको विवरणसमेत समावेश गरिएको दाहालले जानकारी दिएका छन्।

अमरसिंह चोकमा आयोजना गरिएको चुनावी सभामै प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ। त्यसअघि अध्यक्ष ओलीले दमक–३ स्थित दुम्से र टुकुरे क्षेत्रमा प्रचारप्रसार गर्ने कार्यक्रम छ।

यसैगरी दमक–८ को संगम चोक, कृष्ण मन्दिर, धनपती मैनालीको घर हुँदै दमक–१० स्थित सूर्य चोकमा समेत प्रचारप्रसार कार्यक्रम तय गरिएको छ।