दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट १६ वर्षीय किशोर प्रकाश खनालको हत्या भएको छ। प्रकाश घर फर्किँदै गर्दा फुटबल खेलेर फर्किने क्रममा घाइते भएका थिए र दुल्लू अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार तीनै जनाबीच विवाद भएपछि उक्त घटना घटेको हो।
घटनापछि फरार भएका दुवैजनालाई करिब १० किलोमिटर टाढा चामुण्डा जङ्गलबाट नियन्त्रणमा लिइएको जानकारी प्रहरी स्रोतले दिएको छ।