काठमाडौं । नेप्सेमा ठुलो पहिरो गएको छ । अघिल्लो दिन १० दशमलव ३५ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार २६ दशमलव शुन्य पाँच अंकले घटेर २६ सय ७९ दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले घटेर चार सय ५५ दशमलव ६५ अंकमा पुगेको छ । तीन सय २४ वटा कम्पनीहरुको एक लाख दुई हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ६७ लाख ६६ हजार तीन सय ४७ कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख १५ हजार दुई सय ८९ रुपैयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक आठ दशमलव ३७ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ६० अंकले घटेर १३ सय ५९ दशमलव ८१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ६१ अंकले घटेर तीन हजार पाँच सय ५० दशमलव ७१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३० दशमलव २६ अंकले घटेर १२ हजार आठ सय १८ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५९ दशमलव १७ अंकले घटेर ११ हजार ६४ दशमलव ९७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुृहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । रिडी पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।